४ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं आइसक्ने

४ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं आइसक्ने

शुक्रवार, पौष २७ २०८०
शुक्रवार, पौष २७ २०८०
  • ४ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं आइसक्ने

    काठमाडौं । ४ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं आइसक्ने भएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो । उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । 

    मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । 

    परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर  बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो । परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

    २०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौं पठाउन सकिएको छैन । सुरङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो। बाढीले सुरुङ मार्गको हेडवर्क्स सहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो । सोही कारण आंशिक रुपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो ।

    त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स)अलपत्र परेको थियो । त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij