काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । लमजुङ र बारामा नयाँ प्रजिअ खटाइएको हो । गृहमन्त्रालय स्रोतका अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर मन्त्रालयको कन्ट्रोलमा कार्यरत उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाईएको छ ।
त्यसैगरी बाराका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई बाराको सिडियो बनाइएको छ । लमजुङुका सिडियोको एक वर्षे अवधि पुुरा भएको थियो । बाराका सिडियोको गुुनासो आएकाले परिवर्तन गर्नुु परेको मन्त्रालय स्रोतको भनाई छ ।