भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव

भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव

बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव

    भक्तपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ । 

    मोटरसाइकलले थिचिएको अवस्थामा शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो । त्यस क्रममा प्रहरीले अरनिको राजमार्गको साँगाबाट जगातीतर्फ आउने बाटोको साईडमा सडकवाट करिव ३० फिट तल खसेको अव्यवस्थामा प्रदेश २–०३-०१९ प १०५८ नं.को बुलेट मोटरसाइकल दुबै पाङ्ग्रा उत्तानो परी  महिलालाई थिचेको अवस्थामा फेला पारेको थियो ।

     प्रारम्भिक अनुसन्धानको क्रममा निज मृतक युवती नवलपरासी जिल्ला कावासोति घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने बर्ष २२ कि ममता सुबेदी रहेको प्रहरीले जनाएको छ । शव पोष्टमाट‌मको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij