सुसाइड नोट शालीनले नै लेखेको पुष्टि

सुसाइड नोट शालीनले नै लेखेको पुष्टि

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • सुसाइड नोट शालीनले नै लेखेको पुष्टि

    काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ ।

    नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको हो । सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो ।

    पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुण्डिएका कारण भएको देखिएको छ । 

    उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको हत्या भएको किटानी जाहेरीका आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

    उनीहरूमाथि सोमबार मात्रै थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको थियो। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij