काठमाडौं । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस खोलामा खसेको छ । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते र ४ जनाकाे अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा ल्याइएको छ ।
घाइतेहरुको नाम नखुलेको र घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।