सशस्त्र प्रहरीका डीएसपी बस्यालको सुसाइड नोट फेला

सशस्त्र प्रहरीका डीएसपी बस्यालको सुसाइड नोट फेला

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • सशस्त्र प्रहरीका डीएसपी बस्यालको सुसाइड नोट फेला

    काठमाडौं । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी)उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।

    मोरङको धनपालथान गाउँपालिका-३ सोराभागस्थित गुल्मका प्रमुख डीएसपी बस्याल फागुन २१ गते मृत भेटिएका थिए ।

    घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले डीएसपी बस्यालको सुसाइड नोट फेला परेको हो ।

    नोटमा बस्यालले ‘राजीखुसीले मृत्युको निर्णय लिएको र घटनामा कसैलाई दोष नलगाउन’ भनेको अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए ।

    अहिले बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।

    ३८ वर्षीय बस्याल पाल्पाका हुन् । उनको परिवार काठमाडौं बस्दै आएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij