काठमाडौं । मोरङ– पथरी–शनिश्चरे नगरपालिका–७, लामा टोलमा रहस्यमय तरिकाले १५ वर्षीया एक किशोरीको विभत्स हत्या गरि फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४, मोतीपुरका ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।
रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घटना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो ।
किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।
उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा सोमवार राति १०ः३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।
पथरी–शनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु ९मामाको छोरा० विनोद राईको घरमा दुई वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।