काठमाडौं । चितवनस्थित शिशु निकेतन स्कुलको छात्रवासमा मृत भेटिएकी बालिका शालीन पोखरेलको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मृतकका बुवाले १४ वर्षीया छोरी शालीनको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
उनको अन्तिम संस्कारमा आर्यघाटमा आफन्तसहित शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका थिए ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । चितवनमा पोष्टमार्टम नगरी उनका बुवाले शालीनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याएका थिए ।