विन्ध्यवासिनी सहकारीमा ठगी गरेको आरोपमा तीनजना पक्राउ

विन्ध्यवासिनी सहकारीमा ठगी गरेको आरोपमा तीनजना पक्राउ

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • विन्ध्यवासिनी सहकारीमा ठगी गरेको आरोपमा तीनजना पक्राउ

    काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–९ न्यूरोडमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन् ।

    सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै  सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए ।

    रजिस्ट्रारको कार्यालयको पत्र जाहेरीको आधारमा मुद्दा दर्ता भई अनुसन्धान चलिरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij