मोरङमा शौचालय गएकी किशोरीको हत्या

मोरङमा शौचालय गएकी किशोरीको हत्या

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • मोरङमा शौचालय गएकी किशोरीको हत्या

    विराटनगर । मोरङमा शौचालय गएकी किशोरीको हत्या भएको छ । जिल्लाको पथरीशनिश्चरेकी १५ वर्षीया बालिकाको गएराती हत्या भएको हो । प्रहरीका अनुसार, खोटाङको अ‍ैसेलुखर्क– ६ घर भई पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।

    प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए ।

    हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन । राई दुई वर्षदेखि पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । राई नास्ता पसल सञ्चालन गर्ने विनोदको पसलमा सहयोग गर्दै पढ्दै आएकी थिइन् । राति शौचालय जान निस्कएकी उनी कराएको सुनेर घरमा मान्छे उठेका रहेछन्, शौचालय घरको पछाडिपट्टि टिनले बेरेको कम्पाउन्डभित्र रहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij