काठमाडाैं । दार्चुलामा सशस्त्र प्रहरी बलका सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।बैतडीको पुर्चौडी नगरपालिका-३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका-२ मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
बोहरा कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत थिए। उनी केहिदिन अघि बिदा लिएर ससुराली गएका थिए । सोमबार बिहान ९ बजेतिर उनी ससुराली घरको सय मिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेको डीएसपी सिंहले बताए । बोहराका एक छोरा र एक छोरी रहेका छन् भने उनकी श्रीमती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत छिन् ।
आजै मोरङमा सशस्त्रका डीएसपी उपेन्द्र बस्याल आफ्नो कार्यकक्षमै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् ।