काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । धनपालथान गाउँपालिका(३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो ।
डीएसपी बस्यालको शव कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो । घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको प्रहरीले जनाएको छ । बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।