आइतबारको वर्षाले अवरुद्ध दाउन्नेमा १७ घण्टापछि एकतर्फी यातायात सञ्चालन

आइतबारको वर्षाले अवरुद्ध दाउन्नेमा १७ घण्टापछि एकतर्फी यातायात सञ्चालन

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • आइतबारको वर्षाले अवरुद्ध दाउन्नेमा १७ घण्टापछि एकतर्फी यातायात सञ्चालन

    काठमाडौं । पूर्वपश्चिम राजमार्गको पश्चिम नवलपरासीमा आइतबार दिउँसो परेको पानीले बिग्रिएको सडक एकतर्फी सञ्चालनमा आएको छ । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पर्ने नवलपरासीको दाउन्नेमा आइतबार परेको सिमसिमे पानीले बाटो हिलो भएपछि गाडी चल्न नसकेको उक्त सडक बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार राजमार्ग सुक्न थालेपछि सवारीसाधन आवतजावत सहज भएको हो । राजमार्ग निर्माणको काम भइरहेकाले डाइभर्सन गरिएका ठाउँमा मालबाहक गाडी ठाउँठाउँमा फसेर समस्या थपिएको छ ।

    बुटवल(नारायणगढ सडक निर्माणाधीन छ । चार वर्षदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशत कामसमेत हुन सकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij