नापीका सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

नापीका सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • नापीका सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । नापी कार्यालय कलंकीमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएकाले सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरूविरुद्ध  सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अख्तियारको टोलीले  सर्भेक्षक चौलागाई र लेखापढी पोखरेललाई १  लाख घुसहित नियन्त्रणमा लिएको थियो ।

    दुवैजनाको मिलेमतोमा जग्गाधनी पूर्जा उपलब्ध गराउनका लागि सेवाग्राहीसँग १ लाख रकम लिएको र उक्त रकममध्ये ५० हजार रुपैयाँ सर्भेक्षक चौलागाईंले लिएको पुष्टि हुन आएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए  । उनीमाथि ५० हजार बिगो जरिवाना र सजाय माग गरिएको आरोप-पत्रमा उल्लेख छ ।

    यसैगरी लेखापढी पोखरेले जग्गाधनी पूर्जा उपलब्ध गराउनका लागि भनी १ लाख रुपैयाँ घुस लिएको देखिएकाले उनीविरुद्ध सोही रकम बराबरको बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij