काठमाडौं । गोरखाकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु ‘ह्याङ्गिङ’ (झुन्डिएर) भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्ट मार्टममा बलात्कार अथवा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएको छ ।
गत फागुन १२ गते विद्यालयको होस्टलको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएपछि उनको शव त्यहाँबाट प्रहरीको रोहबरमा काठमाडौं ल्याएको थियो ।
त्रिवि अस्पतालले आइतवार बालिकाको पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको बताएकाे छ । उक्त रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको दावी गरिएको छ ।