महानगरकै क्यान्टिनमा भेटियो बासी खानेकुरा, ५० हजार जरिवाना तिराइयो

महानगरकै क्यान्टिनमा भेटियो बासी खानेकुरा, ५० हजार जरिवाना तिराइयो

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • महानगरकै क्यान्टिनमा भेटियो बासी खानेकुरा, ५० हजार जरिवाना तिराइयो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय परिसरमा रहेको एउटा क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौं प्लाजास्थित नारायणी नारायणी चमेना गृहले बासी पकौडा बेचेको भेटिएपछि महानगरको बजार अनुगमन महाशाखाले ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । 

    उक्त चमेना गृहलाई जरिवानास्वरुपको ५० हजार रूपैयाँ सात दिनभित्र महानगरको बजार अनुगमन समितिको खातामा जम्मा गराएर भौचर उपलब्ध गराउन निर्देशन दिइएको छ । 

    अनुगमन समितिले उक्त चमेना गृहले बासी पकौडा बेचेको भेट्टाएको थियो । त्यसैगरी खानेकुरा पकाउने तेल कयौँ पटक प्रयोग गरेको भेटिएको पनि महानगरले जनाएको छ । 

    mahanagar canteen.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij