इटहरीमा साढे तीन करोड लागतमा विद्युतीय शवदाहगृह बनाइने

इटहरीमा साढे तीन करोड लागतमा विद्युतीय शवदाहगृह बनाइने

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • इटहरीमा साढे तीन करोड लागतमा विद्युतीय शवदाहगृह बनाइने

    काठमाडौं । सुनसरीको इटहरीस्थित बूढीजमुना मुक्तिघाटमा कोसी प्रदेशमै पहिलो विद्युतीय शवदाहगृह निर्माण गरिने भएको छ । इटहरी उपमहानगरपालिका र कोसी सरकारको साझेदारीमा अत्याधुनिक विद्युतीय शवदाह बनाउन लागिएको हो ।

    इटहरी–४ स्थित बूढीजमुना मुक्तिघाट किनारमा यसै आर्थिक वर्षमा विद्युतीय शवदाहगृह निर्माण सम्पन्न गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    करिब तीन करोड ५० लाख रुपैयाँको लागतमा शवदाहगृह बनाइनेछ । त्यसमध्ये कोसी सरकारले ७० र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।

    तत्काल विद्युतीय शवदाह निर्माण थाल्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समिति समेत गठन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij