शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । जिल्ला अदालत, काठमाडौंले शर्मिला बाइवालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

    जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएका थिए । प्रहरीले सोही जाहेरीको आधारमा उनीलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । 

    घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको वाइबाले दावी गरेकी छिन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij