संसद भवनबाट पक्राउ परेका ४९ जना लघुवित्त ऋणी रिहा

संसद भवनबाट पक्राउ परेका ४९ जना लघुवित्त ऋणी रिहा

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • संसद भवनबाट पक्राउ परेका ४९ जना लघुवित्त ऋणी रिहा

    काठमाडौं । सुरक्षाको उल्लंघन गर्दै संसद भवनभित्र पसेर प्रदर्शनी गरेका लघुवित्त ऋणी रिहा भएका छन् । पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।

    उच्च सुरक्षा र सतर्कता अपनाइएसँगै थप क्षति हुनबाट भने जोगिएको थियो। प्रहरीले भवन परिसरमा प्रदर्शन गर्ने ४९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

    सुरक्षामा लापरबाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij