दूधको भुक्तानी नदिएको विरोधमा किसानद्वारा चक्काजाम

दूधको भुक्तानी नदिएको विरोधमा किसानद्वारा चक्काजाम

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • दूधको भुक्तानी नदिएको विरोधमा किसानद्वारा चक्काजाम

    काठमाडौं । डीडीसीले दूधको पैसा नदिएको भन्दै दूध उत्पादक किसानहरुले चक्काजाम गरेका छन् । भदौदेखिको बक्यौता रहेको भन्दै उनीहरुले कोशी राजमार्गअन्तर्गत हिलेमा गाडी बन्द गराएका हुन् । 

    बिहान ११ बजेदेखिको बन्दका कारण कोशी राजमार्ग तथा मध्यपहाडी राजमार्ग भएर ओहो दोहोर गर्ने सवारी साधन रोकिएका छन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघको आह्वानमा बन्द आयोजना गरिएको जनाइएको छ । धनकुटाका दुग्ध कृषकलाई डीडीसीले गत भदौदेखि हालसम्म यहाँका १ हजार १ सय कृषकबाट संकलन गरेको दूधको १३ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । कृषकलाई हिलेस्थित डीडीसीको संकलन केन्द्रमार्फत १० करोड र धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रेस्थित संकलन केन्द्रबाट ३ करोड भुक्तानी गर्न बाँकी रहेको दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाका सचिव रोम बाजिम्पाकले जानकारी दिए ।


    मकवानपुरका किसानहरुले पनि भुक्तानी नपाएकाे भन्दै राजमार्ग बन्द गरेका छन् । दुग्ध किशानहरुले मकवानपुर जिल्ला बकैया र बागमती गाउँपालिका, हेटौंडा वडा नम्वर १७ र १८ तथा मकवानपुरगढी गाउँपालिका र सुकौराका दूध किसानहरु सानोपोखरा चोकमा, भीमफेदी गाउँपालिका र पुरानो मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ र ६ का किसानहरु चौकीटोलमा, हेटौंडा १९, ३ र ११ तथा मनहरी गाउँपालिकाका किसान राप्ती पुलमा, मनहरी १ र हेटौंडा १२, १३, १४ र १५, ७ र ८ का किसानहरु कर्रा पुलमा भेला भएर दिउँसो साढे बजे बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहित र्याली सुरु गरेका थिए ।

    र्याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राम मन्दिर, मेनरोड, उद्योग वाणिज्य संघबाट चौकीटोल ओरालो सहकारी मन्त्रालयसम्म पुगेर कोणसभामा परिणत भएको थियो। 

    सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम विगत ६ महिनादेखि करिब  ६० करोड बाँकी रहेको संघका अध्यक्ष हरिप्रसाद कँडेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij