स्वास्थ्य बीमाको सुविधाबाट हटाइयो एक औषधि

स्वास्थ्य बीमाको सुविधाबाट हटाइयो एक औषधि

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • स्वास्थ्य बीमाको सुविधाबाट हटाइयो एक औषधि

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधाबाट एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो ।

    औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/नगराउन भएको निर्णय अनुसार सो औषधि हटाइएको बोर्डले उल्लेख गरेको छ । 

    सुविधा थैलीबाट हटाइएको हुँदा सो औषधिहरूको सिफारिस नगर्न/नगराउनु समेत सम्बन्धितलाई अनुरोध गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij