काठमाडौँ । बकैया गाउँपालिकाले वडा सदस्यको निधनमा आज शोक बिदा दिएको छ। मकवानपुरको बकैया–७ का वडा सदस्य रामकुमार तितुङको बुधवार बिहान निधन भएपछि पालिकाले बिहिवार शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा हुने उल्लेख छ। मंगलबार दिउँसो बकैया गाउँपालिका–७ मानदमार निवासी वडासदस्य तितुङ आफ्नै घर अगाडि हिँडिरहेको वेला बिजुलीको पोल ढलेर लागेको थियो ।
पोलले लागेर गम्भीर घाईते भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । सोहि अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको गाउँपालिकाले जनाएको छ ।