काठमाडौं । नेपालगञ्ज उप–महानगरपालिका–५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् ।
जनता समाजवादीबाट नेपालगञ्ज-५ का निर्वाचित वडाध्यक्ष शेष यसअघि पनि पटकपटक विवादमा पर्दै आएका छन् । नेपालगञ्जमा केही महिनाअघि भएको दुई समुदायको विवादमा मुख्य योजनाकारको रुपमा खान देखिएपछि कारवाहीको माग उठेको थियो ।
