अर्थमन्त्री डा. महतको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

अर्थमन्त्री डा. महतको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • अर्थमन्त्री डा. महतको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको अमेरिका भ्रमण मन्त्रिपरिषद बैठकले  स्वीकृति गरेको छ । आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकमा सहभागी हुन जाने निर्णय मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  स्वीकृत गरेको हो । 

    आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठक तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको बताइएको छ । यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमण पनि स्वीकृत गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij