संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो

संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनापछि ३२ जना प्रहरीको जिम्मेवारी खोसेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई हटाएर त्यहाँ अर्को प्रहरी समूहलाई पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    त्यहाँ प्रहरीको विशेष कार्यदलका प्रहरी टोली खटाउने गरिएको छ । उनीहरुलाई जिम्मेवारीबाट फिर्ता गरी अन्य टोली खटाइसकिएको हो ।

    प्रधान कार्यालयले भने जिम्मेवारी हेरफेर गरेको जनाएको छ । त्यस विषयमा केही अघि गृहमन्त्रालयमा आकस्मिक सुरक्षा बैठक बसेको थियो ।

    गृह मन्त्रालयले उक्त विषयमा छानबिन समितिसमेत गठन गरेकाले त्यसको प्रतिवेदन नआउँदासम्म उनीहरुलाई कार्य क्षेत्रमा नखटाइने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij