भुक्तानी नपाएको भन्दै ललितपुरका किसानले सडकमै पोखे दूध

भुक्तानी नपाएको भन्दै ललितपुरका किसानले सडकमै पोखे दूध

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • भुक्तानी नपाएको भन्दै ललितपुरका किसानले सडकमै पोखे दूध

    काठमाडौं । किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा अगाडि दूध पोखेर प्रदर्शन गरेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री नभएको र किसानले भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन् ।

    यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसानको संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए ।

    किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij