काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ तथा तत्कालीन सिइयाे मनोज न्यौपानेसहित १० कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज तत्कालीन सिइओ न्याेपाने र तुलसीराम गाैचमसहित १० जनालाई पक्राउ गरेको हाे ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएकाे सीआईबीले जनाएको छ। न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट आजै पक्राउ गरेको बताइएको छ।
प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकका सीईओ न्यौपाने बैंक वरिष्ठ डेपुटी सीईओ बनेका थिए।