ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाकाे मृत्युु, पाँचजना घाईते

ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाकाे मृत्युु, पाँचजना घाईते

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाकाे मृत्युु, पाँचजना घाईते

    बारा । ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाकाे ज्यान गएको छ । थप पाँचजना घाईते भएका छन् । ज्यान गुमाउनेमा निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगर रहेका छन् ।

    सोमबार मध्याह्न १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रहरीका अनुसार, ग्यास सिलिन्डर पड्किँदा घाइते भएका निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ का ३४ वर्षीय फिरोद देवान, सोही ठाँउ बस्ने २० वर्षीया ऋतु रजत, भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र भारतको रामघडवाका २० वर्षीय अरविन साहको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij