काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
गत कार्तिक १७ गते गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको थियो । भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए भने लाखौं घरहरु क्षतिग्रस्त भएका थिए ।