भजनशिरोमणि भक्तराज आचार्यको निधन

भजनशिरोमणि भक्तराज आचार्यको निधन

सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • भजनशिरोमणि भक्तराज आचार्यको निधन

    काठमाडौं । नेपाली गीतसङ्गीत जगतका भजन शिरोमणि  भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

    भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । 

    उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

    नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।  आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ,  हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

    आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

    उनका छोराहरू सत्य र स्वरूप पनि गायक हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij