काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन्। सोमबार काठमाडौंमा विशेष पत्रकार सम्मेलनमार्फत लोसपा छाडेको घोषणासँगै उनले नयाँ अभियानको घोषणा गरेका हुन्।
लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताएका छन् । तर आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।
यस्तै महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सारेका छन् । यसअघि अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट जनाउँदै मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।