उपनिर्वाचनका लागि युवा उद्यमी अर्जुनविक्रम शाहीको उम्मेदवारी घोषणा

उपनिर्वाचनका लागि युवा उद्यमी अर्जुनविक्रम शाहीको उम्मेदवारी घोषणा

सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • उपनिर्वाचनका लागि युवा उद्यमी अर्जुनविक्रम शाहीको उम्मेदवारी घोषणा

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले स्वतन्त्र रुपमा नै चुनाव लड्ने घोषणा गरेका हुन् । 

    शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवार दिन चाहेको बताएका छन् ।

    विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी, कृषि, पर्यटन, मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दावी गरेको छ ।

    ग्रिन नेपाल अन्तर्गत सफा र स्वच्छ वातावरण बनाउने भन्दै ग्रिन भन्दै इ सडक को योजनामा समेत काम गरिरहेको दाबी गरेको छ । आफूले ३ महिना देखि इलाममा डाटा सर्भे गर्दा अधिकांशले नयाँ र युवा खोजेको र आफू उनीहरुसँग जोडिएको दावी शाहीको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij