काठमाडौं । देशका विभिन्न स्थानहरुबाट पैदल काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई भृकुटीमण्डपबाट हटाउने प्रशासनले तयारी गरेको छ । समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो ।
बस्नका लागि अन्य स्थान नदिइएको र हाल बसिरहेको स्थानबाट समेत हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् ।