१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • १४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

    काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा राजथधानीको एक कलेज सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ रहेका छन् ।

    दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए ।

    गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ । विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको अनुसन्धनबाट खुलेपछि गुरुङलाई पक्राउ पुर्जी जारी गरिएको थियो । पर्वत स्थायी घर भएका गुरुङ त्यसयता फरार थिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij