त्रियुगाका चार वडामा सिंचाई कुलो शिलान्यास

त्रियुगाका चार वडामा सिंचाई कुलो शिलान्यास

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • त्रियुगाका चार वडामा सिंचाई कुलो शिलान्यास

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका चार वटालाई लक्षित गरी झण्डै एक करोडको लगानीमा सिँचाइ कुलो योजना निर्माण सुरु गरिएको छ । खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभाव झेल्दै आएका वडा नम्बर ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिँचाइ योजना सुरु गरिएको हो । 

    संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको ३० र उपभोक्ताको १० प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइ रहेको उक्त योजनाको आइतबार कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गरिन् । 

    योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सिँचाइ योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘व्यक्तिलाई मात्र नभई पृथ्वीलाई नै पानी अपरिहार्य रहेकाले सिँचाइलाई व्यवस्थित बनाउन सके मात्र  कृषि क्रान्ति सम्भव हुन्छ।' 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij