निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन : प्रमुख शाह

निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन : प्रमुख शाह

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • निःशुल्क उपचारका लागि आफू लक्षित वर्गमा पर्ने प्रमाण देखाए पुग्छ, भनसुन गर्नु पर्दैन : प्रमुख शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताएका छन् । बालेनले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरेका हुन् ।

    भिडियो सन्देशमार्फत बालेनले  भनेका छन्, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ७४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।’

    ‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक हुन् । पारदर्शी प्रणालीबाट हामी यसको कार्यान्वयनमा छौँ ।’ बालेनले यसको गलत प्रयोग हुने अवस्थाप्रति संकेत गर्दै भने, ‘यदि कसैले झुटो विवरण पेश गरेर उपचार गरेको पाइए, उपचार गराउने (विरामी) र उपचार गरिदिने (अस्पताल) दुवैलाई कारवाही हुनेछ ।’

    लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसको कार्यान्वयनका लागि कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।

    लक्षित वर्गको निःशुल्क उपचार सम्बन्धी थप जानकारी लिनका लागि तलको लिङ्क क्लिक गर्नुहोस् :

    http://freehealth.kathmandu.gov.np/ 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij