नारायणगढ–मुग्लिन सडक आजदेखि २४ सै घण्टा सञ्चालन हुने

नारायणगढ–मुग्लिन सडक आजदेखि २४ सै घण्टा सञ्चालन हुने

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • नारायणगढ–मुग्लिन सडक आजदेखि २४ सै घण्टा सञ्चालन हुने

    चितवन । नारायणगढ–मुग्लिन सडक आजदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ । सो खण्डको तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेसंगै दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द गरिदैआएको सडक आजदेखि २४ सै घण्टा खुल्ने भएको हो ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका अनुसार, हाड काट्नका लागि तेस्रो पटक थपेको म्याद आज सकिँएसंगै सडक २४ सै घण्टा खुला गर्ने जनाएको हो ।  पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक चार घण्टा बन्द गरेर काम गरिएको थियो। अव काट्न बाँकी दुई मिटर पहाड सडक नरोकेरै भत्काउन मिल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि सडक खुलाइएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij