कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • कुन्युबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

    काठमाडौं । झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एक जना बालकको मृत्यु भएको छ ।

    परालको कुन्युबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो । प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

    आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाडावर्तन तथा नजिकै रहेको मस्जिद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ८ लाख बरावरको क्षति भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij