क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • क्यानद्वारा भूकम्प पीडितलाई २० लाख सहयोग

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

    शनिबार नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसिसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट विक्रीबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो । 

    सोही प्रतिबद्धता अनुसार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए । चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको गाउँमा मल्हम लगाउन सकिएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij