काठमाडौं । थापाथली अस्पतालबाट चोरिएको भनिएको शिशु काँडाघारीमा फेला परेको छ । २०८० फागुन १२ गते थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो ।
बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।