काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाटबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । शुक्रबार थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो ।
काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ ।
प्रहरीका अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट ९सीसी० क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । सीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।
विहीवार साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको थियो । चोरीमा संलग्न आरोपीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।