नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म कर्मचारी

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म कर्मचारी

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ कर्मचारी माग गरेको छ । प्राधिकरणले एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

    प्राधिकरणले प्राविधिकतर्फ दशौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त माग गरेको हो । यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन माग गरेको छ ।

    प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने जनाइएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरक फरक निर्धारण गरिएको छ ।

    er.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij