कतार एयरको जहाज १ घण्टादेखि आकाशमै

कतार एयरको जहाज १ घण्टादेखि आकाशमै

बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • कतार एयरको जहाज १ घण्टादेखि आकाशमै

    काठमाडौं । कतारबाट नेपाल आएको जहाज १ घण्टादेखि आकाशमा घुमिरहेको छ । दोहाबाट नेपाल आएको कतार एअरवेजको क्युटीआर ६४६ जहाज आकाशमा घुमिरहेको हो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १ घण्टादेखि कतारबाट आएको जहाज आकाशमा घुमिरहेको बताए। उक्त जहाज ४ बजेर २४ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । प्रतिकूल मौसमका कारण ल्याण्ड गर्न नसकेर उक्त जहाज आकाशमा घुमिरहेको हो ।

    त्यस्तै, आज अपरान्ह दिल्लीबाट काठमाडौँ आएको इण्डिगोकोको जहाज त्रिभुवन विमानस्थलमा ल्याण्ड हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको थियो । अहिले नेपालको काठमाडौंलगायत विभिन्न ठाउँमा पानी परिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij