काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर शन्दीप लामिछानेलाई थुना बाहिरै बसेर मुद्धा लड्ने सुविधा प्रदान गरेको छ । लामिछानेको पुनरावेदन दर्तागर्दै उच्च अदालतले सो सुुविधा प्रदान गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दाेषी ठहर गरेपछि क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत पाटन गएका हुन् । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।
बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेर जिल्ला अदालतको फैसला बदरको माग गरेका हुन् । जिल्ला अदालतकाे फैसला बदरको मागसहित सन्दीपले उच्चमा पुनरावेदन दिएका हुन् ।