हिँडेरै काठमाडौं आइपुगे मिटरव्याज पीडित

हिँडेरै काठमाडौं आइपुगे मिटरव्याज पीडित

बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • हिँडेरै काठमाडौं आइपुगे मिटरव्याज पीडित

    काठमाडौं । मिटरव्याज विरुद्धको न्यायमार्च गर्दै मिटरव्याज पीडित काठमाडौं छिरेका छन् । माघ १६ गते सहिद दिवसको दिन पश्चिम महाकालीको गड्डाचौकीबाट यात्रा सुरु गरेका उनीहरु ६ वटा प्रदेशका २३ जिल्ला पार गर्दै मार्च थानकोट आईपुगेका हुन् । 

    न्याय मार्चको तेस्रो चरण काठमाडौंमा गरिनेछ । बिहिबार सिंहदरबार मार्च थानकोटबाट सुरु गर्ने मिटरब्याज पीडितले बताएका छन् । मार्च थानकोटबाट सुरु भई कलंकी, कालिमाटीबाट त्रिपुरेश्वर, सहिदगेट हुदैँ सिंहदरबार पुग्नेछ ।

    साथै, शुक्रबार ऐक्यवद्धता सभा गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमस्थल तय भने भइसकेको छैन । सभामा मिटरब्याज पीडित किसान, मजदुर, साना व्यवसायी र सबैखाले वित्तीय शोषणबाट उत्पीडितहरुका न्यायका लागी संस्थागत र व्यक्तिगत प्रतिनीधित्वहरुको सहभागिता रहेनछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij