धनगढी–डडेलधुरा राजमार्गमा विस्फोट हुँदा चार घाइते

धनगढी–डडेलधुरा राजमार्गमा विस्फोट हुँदा चार घाइते

बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • धनगढी–डडेलधुरा राजमार्गमा विस्फोट हुँदा चार घाइते

    काठमाडौं । धनगढी–डडेलधुरा भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते भएका छन् । सो राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका हुुन् । 
      
    सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको सो विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । 

    एस्काभेटरले सडक फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको बताइएको छ । घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा पुुगेर घाईतेको उद्धार गरेको थियो ।  चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij