टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

    काठमाडौं । हिमालयन बैंकले टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

    नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । 

    बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत २४सै घण्टा प्रदान गर्ने जनाएको छ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

    बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij