वीरगञ्जको कर्फ्यु राति १० बजेसम्मका लागि हट्यो

वीरगञ्जको कर्फ्यु राति १० बजेसम्मका लागि हट्यो

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • वीरगञ्जको कर्फ्यु राति १० बजेसम्मका लागि हट्यो

    काठमाडौं ।  पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ । गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।

    कर्फ्यु जारी भए पनि मंगलबार बिहान र बुधबार बिहान ६ देखि १० बजेसम्म खुकुलो पारिएको थियो ।रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगञ्जमा हिन्दु समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए । 

    यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

    मंगलबार आपसी सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयले सर्बदलीय बैठक डाकेर पाँच बुँदे निर्णय गरेको थियो । सहमतिले दुई समुदायबीचको विवाद साम्य देखिएकोले रातिसम्मका लागि कर्फ्यु हटाइएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij