काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पुगेर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुन्धानमा हत्या भएको आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ ।