नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न

नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न

    काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको हो । ओलम्पियाडमा भाग लिएका विभिन्न सहभागीको भिडियो परिचयबाट शुरु भएको कार्यक्रममा त्यस पछि सभापति अर्जुन सापकोटाले स्वागत मन्तव्य राखेका थिए । सापकोटाले उत्कृष्ट ५ जनाले नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्ने गर्ने बताउँदै ५ जना गोल्ड मेडलिस्टको नाम आजको कार्यक्रममा घोषणा गरिने बताए । नेपाल इकोनोमिक्स ओलम्पियाड २०१९ मा शुरु गरेका थियौं । 

    नेपालमा इकोनोमिक्स, बिजनेस र फाइनान्स साक्षरता प्रवद्र्धन गर्नको लागि यो अभियानलाई निरन्तर अगाडि बढाइरहेको बताउँदै सापकोटाले आफुहरुले अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिनिधित्व गरिरहेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय बीजनेस ओलम्पियाड २०२३ का सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदक तथा प्रंससा पत्र वितरण गरेका थिए । पदक तथा प्रसंसा पत्र पाउनेहरुमा गोल्ड तर्फ समृद्धिका दाहाल थिइन् भने सिल्भर तर्फ युक्ता लेखक, चैतन्य राज शाह, मनिष ओझा, आदेश विष्ट, अनुराग यादव, विनायक गौतम थिए । त्यसैगरी सम्प्रदा अधिकारी, डेलिला दुराले काँस्य पदक पाएका थिए । 


    पुरस्कार वितरण समारोहलाई स्रम्बोधनगर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आफूले तेश्रो संस्करणका अलवा यस अघिका संस्करणमा पनि भाग लिएको उल्लेख गरे । अहिलेको स्थितिसम्म आउन सहयोग गरेको एपेक्स कलेजदेखि ओलम्पियाड मार्फत विद्यार्थीले आर्जन गरेको ज्ञानले विभिन्न कलेजका विद्यार्थीलाई अर्थशास्त्र पढ्न प्रेरित गरेको भट्टको भनाई थियो ।  

    नेपाल इकोनोमिक ओलम्पियाडको बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतियोगिमा जित हार भन्ने कुरा साधारण रहेको बताउँदै ओलम्पियाडको मुख्य उद्देश्य भनेको सबै समुदायबाट भाग लिन प्रोत्साहित गर्नु भएको बताए । आफूले उत्सुकतापूर्ण सहभागिताको अपेक्षा राखेको उनको भनाई थियो । कार्यक्रमका सहभागिले पछिल्लो समय पर्यटनका क्षेत्रमा राम्रो प्रगति भइरहेको बताउादै होटलहरुको विस्तारले थप उत्साह छाएको बताएका थिए । हाल ३० ठाउँमा फाइव स्टार होटल रहेको उल्लेखगर्दै उनीहरुले शिक्षा र स्वास्थ्य पनि पहिले भन्दा राम्रो भएकोले प्रशस्त आशा गर्ने ठाउँ रहेको बताए । 


    नेपाल इकोनोमिक्स ओलम्पियाड २०२४ तर्फ काँस्य पदक १५ जनाले पाएका थिए भने सिल्भर १० तथा गोल्ड ५ जनाले पाएका थिए । गोल्ड मेडल पाउनेहमा दीक्षा खिजु, सन्दीप आचार्य, प्रज्ञान शर्मा, प्रभात शाक्य र प्रसिद्धा अधिकारी रहेका थिए भने मेडल विश्वनाथ पौडेलले प्रदान गरेका थिए । त्यसैगरी नेपाल इकोनोमिक्स ओलम्पियाडमा सहयोग पुर्याउने तथा विभिन्न तरिकाले ऐक्यबद्धता जनाउने व्यक्ति, विभिन्न संघ संस्था तथा बैंकलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij